Incident Reports

प्रहरी ज्यादतीको विरोधमा चक्काजाम तथा प्रदर्शन,प्रहरी निरीक्षक ओझाले मागे माफी

2018-07-20

Madhes, Rautahat, Garuda

रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन तथा चक्काजाम गरिएका छन् ।प्रहरीले पिडित पक्षका पंच भलाद्मीलाई निर्घात कुटपिट गरेपछि आक्रोशित जनता चक्काजाम तथा प्रहरी विरुद्ध चर्को नाराबाजी सहित प्रदर्शन गरेका थिए ।दुर्गाभगवती गाउँपालिका वडा-४ का केटा पक्ष र देवाही गोनाही नगरपालिका-६ कर्कच कमैँयाका केटि पक्ष बीच भएको विवादका लागि दुवै पक्षबीच छलफल भइरहेका बेला विवाद भएको थियो ।सम्बन्ध बिगार्न केटि पक्षले केटालाई आरोप लगाईरहेका बेला हात हालाहाल हुँदा प्रहरीले अन्धाधुन्द लाठी चार्ज गर्दा केटि पक्षका पंचभलाद्मी सहित एक दर्जन भन्दा बढी व्यक्ति निर्घात कुटिए ।कर्कच कमैयाक पुर्व गाविस अद्यक्ष इश्वरी लाल यादव र केटीका बुबा घाइते भएका छन् तथा यादवको औँला भाँचिएको छ।प्रहरीले गरेको कुटपिट विरुद्ध पिडितले करिब १ घण्टा गौर चन्द्रनिगाहपुर सडक अवरुद्ध गरी प्रहरी विरुद्ध नारावाजी गरेका थिए ।"इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चतुर्भुज ओझाले केटा पक्ष संग घुष खाइ हाम्रो कुरा नसुनेको" केटी पक्षबाट पंचायती गर्न गएका देवाही गोनाही नपा ६ का अद्यक्ष अनिल कुमार झाले बताए ।प्रहरीले छक्का गरिरहेका मध्ये मुख्य व्यक्ति वडा अद्यक्ष झा र पुर्व गाविस अद्यक्ष यादवलाई नियन्त्रणमा लिएको थियो ।ओझाले दुवै पक्षसंग माफी मागेपछि विवाद समाधान भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments