Incident Reports

बाढी पिडित आन्दोलित

2018-07-23

Province 1, Morang, Katahari

गत वर्ष साउनको बढीले घरमा क्षती भएकाहरुका लागि सरकारले पठाएका राहत रकम फिर्ता भएपछी पिडितले सोमबार कटहरी गाउँपालिका घेराउ गरेका छन् ।राहत माग गर्दै गाउँपालिकामा धर्ना दिएका पिडितले स्थानीय जनप्रतिनिधिको कमजोरीले रकम फिर्ता गरेको बताए ।पिडितका लागि आएको प्रति परिवार २५ हजार रुपैयाँ राहत कटहरी लगायतका स्थानीयहरुले वितरण गर्न सकेनन् । कतिपय स्थानमा वास्तविक पिडितको नं सूचीमा नभएको र गैर पिडितको नाम राहत पाउनेमा भेटीएपछी अख्तियारमा उजुरी परेको थियो ।राहत वितरणमा विवाद हुने सम्भावना देखेर विराटनगर महानगरपालिकाले पनि राहत रकम वितरण गर्न सकेन।मोरङका कतिपय स्थानीय तहले राहत रकम वितरण नगर्दा असार अन्तीममा फिर्ता गएको हो । मोरङका १२ हजार ९३ परिवार बढी पिडितका लागि सरकारबाट आएको राहत रकम ३० करोड २३ लाख २५ हजार मध्ये १० लाख पनि वितरण नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयका नाममा पेश्कीमा आएको रकम मन्त्रालयमै फिर्ता जाने प्रजिअ आचार्यले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments