Incident Reports

करार कर्मचारीको म्याद नथप्दा नगरपालिकाका मेयर कुटिए

2018-07-27

Madhes, Rautahat, Rajpur

रौतहटको राजपुर नगरपालिकाका मेयर र कार्यकारी प्रमुखमाथि हातपात भएको छ । नगरपालिकामा करार सेवामा कार्यरत वातावरण अधिकृत शाहनवाज हुसैनले नगरप्रमुख मोहमद शकिल अख्तर र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद साहलाई नगरपालिकाको कार्यालयमै दुर्व्यवहार गर्दै हातपात गरेका छन् ।आर्थिक वर्ष समाप्त भएको एक साता बित्न लागेपनि करार सेवामा कार्यरत वातावरण अधिकृत हुसैनको म्याद कार्यकारी र मेयरले नथपेको आरोप लगाउँदै उनले शुक्रबार दिउँसो कार्यालयमै नगर प्रमुख अख्तर र प्रमुख प्रशासकीय अधिकृत साहलाई विभिन्न किसिमको अपशब्द प्रयोग गर्दै म्याद थप्न दबाब दिएका थिए ।मेयर र कार्यकारी दुवैले करार सेवकका कर्मचारीको म्याद नथप्ने अडान लिएपछि हुसैनले गालि गलौज गर्दै दुबैजनामाथि हातपात गर्दै मेयर अख्तरको मोबाइल समेत फ़ुताइदिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Rautahat

0 Comments