Incident Reports

बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

2018-08-13

Lumbini, Rukum East, Musikot

(PR) उपचारको क्रममा बिरामीको मृत्यु भएपछि रुकुम पश्चिमको राप्ती समाज अस्पतालमा तोडफोड भएको छ । मुसीकोट नगरपालिका–१, सल्लेमा रहेको अस्पतालमा मृतकका आफन्तले ढुङ्गा प्रहार गरेका हुन् । त्रिवेणि गाउँपालिका–९, का वडा सदस्य समेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान राप्ती समाज अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्यकर्मीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोसित आफन्तले ढुङ्गा प्रहार गर्दा अस्पतालका Σयालका सिसा फुटेका छन् । २६ गते शनिबार टाउको दु:ख्ने, जिउ दु:ख्ने समस्याका कारण रावल अस्पताल भर्ना भएका थिए । सामान्य अवस्थामा रहेका रावलमाथि गलत सुईको प्रयोग भएको आफन्तले आरोप लगाएका छन् । सुई लगाएको केही छिनमै रावलको मृत्यु भएको दाबी आफन्तले गरेका छन् । बिहान सुई लगाइसकेपछि दूध पिउँदा पिउँदै उनको मृत्यु भएको कुरुवा लक्ष्मण रावलले बताए । ‘उसको अवस्थामा सामान्य नै थियो, कुरा गरिरहेका थियो, बाहिर भित्र गरेकै थियो, सुई लाउने बित्तिकै उसलाई यस्तो भयो, अस्पताल र डाक्टरको लापरबाहीले यो सबै भएको हो,’ रावलले भने । रोग सामान्य छ, यतै ठिक हुन्छ भनेपछि अन्य अस्पताल नलिइएको उनले बताए । रोग ठीक हुन्छ भन्ने ग्यारेन्टी गरेपछि हामी यतै बस्यौं, अन्तत दु:खद घटना भयो, रावलले भने । अहिले मृतकका आफन्त अस्पताल वरिपरि बसेका छन् । अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । अस्पतालले मृत्युको कारणबारे बताउनुपर्ने माग उनीहरुको छ । हिँडेरै अस्पताल पुगेको बिरामीको मृत्यु हुनु स्वभाविक नभएको भन्दै मृतकका आफन्त आक्रोसित छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments