Incident Reports

विद्यालयमै प्रधानाध्यापक कुटिएपछि विद्यालय बन्द

2018-08-12

रूपनी गापा-२ पौवाँस्थित जेसीज आधारभूत विद्यालयका प्रधानाध्यापक तिरहुत गाउँपालिका-५ लोहजरा निवासी ५५ वर्षीय सुर्यनारायण मण्डललाई साउन २७ गते दिउँसो कार्यकक्षमा स्थानीयबासीले कुटपिट गरेको भन्दै विद्यालयले कामकाज बन्द गरी इलाका प्रहरी कार्यालय रूपनीमा साउन २७ गते आरोपितहरूविरूद्ध उजुरी दिएको छ । रूपनी गाउँपालिका-२ का ३० वर्षीय जितेन्द्रप्रसाद यादव, २५ वर्षीय ओमप्रकाश यादव, ६० वर्षीय अमरेन्द्र यादव र ४५ वर्षीय सोमन यादवले कार्यालय कोठाबाट कुटपिट गर्दै नियन्त्रणमा लिएर गाउँतर्फलगिरहेका बेला गाउँलेहरूले छुटाई दिएपछि ज्यान जोगिएको प्रधानाध्यापक मण्डलले बताए । विद्यालय व्यवस्थापन समितिको साउन २७ गते बैठकले आरोपितहरूलाई गिरफ्तार गरी कानुनी कारबाही नगरेसम्म विद्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरिएको समितिका अध्यक्ष देबनारायण यादवले बताए । विद्यालयले गरेको विज्ञापन र नियुक्ति खारेजीको माग गर्दै आरोपितहरूले जेठ २७ गते विद्यालयमा तालाबन्दी गरी उच्च अदालत राजविराज इजलासमा परमादेशको रिट समेत दिएका थिए । अदालतले विद्यालयको पक्षमा फैसला गरेपछि गाउँपालिका अध्यक्ष हरेराम यादव, वडा अध्यक्ष दानालाल साह, जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रतिनिधि मनोज भट्टराईको रोहवरमा साउन २४ गते बसेको व्यवस्थापन समितिको बैठकले कानुनी प्रकृया सकिएकाले विद्यालय खोल्न आग्रह गरिएको समितिका अध्यक्ष यादवले बताए । वर्षे विदापछि साउन २७ गते विद्यालय खुलेकै दिन भएको कुटपिटको घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले खोजतलास गरेपनि आरोपितहरू फेला पर्न नसकेको र खोजीकार्य भइरहेको एसपी राजेन्द्र विष्टले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
INSEC

0 Comments