Incident Reports

अनशनकारीद्वारा नगरपालिका कार्यालय तोडफोड

2018-08-13

कर वृद्धिको विरोधमा अनसनमा बसेका अनशनकारीहरुले चितवनको रत्ननगर नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले सोमबार राजश्व शाखाको सीसासमेत फुटाएर तोडफोड गरेका हुन् । केही झ्यालका सीसा पनि फटेको छ । नगरपालिकामा कर तिर्न आएका सेवाग्राहीको रसिदसमेत उनीहरुले च्यातिदिएका छन् । कर वृद्धिको विरोधमा कांग्रेससहितका सात दलहरुले सुरु गरेको रिले अनशन सोमबार दोस्रो दिन पनि जारी रहेको छ । उनीहरु ११ बुँदे माग राखेर रिले अनशन बसेका हुन् । चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका नेतृत्वले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै रिले अनशनमा बस्नुपरेको नेपाली कांग्रेस रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेले बताए । यता, नगरपालिकाले आन्दोलनरत पक्षहरुसँग वार्ता र सम्वाद गरेर समस्या समाधान गर्न तयार रहेको जनाउदै आज नै वार्ताको लागि आहृवान गरेको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । आन्दोलनरत पक्षले भने कर्मचारीहरुसँग वार्तामा नबस्ने भन्दै नगर प्रमुख कै नेतृत्वमा वार्ता समिति गठन हुनुपर्ने माग गरेका छन् । कर बृद्धि विरुद्धको आन्दोलनमा क्षेत्रीय होटल व्यवसायी संघ नेपाल चितवनले ऐक्यवद्धता जनाएको छ । करको दरमा बृद्धि नभएको तर जग्गाको मुल्याकंन बढेकोले करको रकम बढेकोे रत्ननगर नगरपालिकाले दावी गर्दै आएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments