Incident Reports

भोक्राहा गाउँपालिका घेराउ

2018-07-09

Province 1, Sunsari, Bhokraha, Ward 6

बाढी पिडितका नाममा आएको सरकारी रकम हिनामिना गरेको भन्दै सुनसरीको भोक्राहा नरसिंह गाउपालिका-६ का वासिन्दाले गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । अघिल्लो वर्षको बाढीताकाको राहत रकम वितरणका क्रममा वडाध्यक्ष राजेश्वर प्रसाद साहले मनोमानी गरेको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।राहत वापत आएको रकम प्रतिपरिवार २५ हजारका दरले वितरण गरिनुपर्ने थियो ।तर वडाध्यक्षले जान्नेसुन्नेका हकमा मात्र तोकिए बमोजिमको रकम बढेको आन्दोलित वडावासीहरुको आरोप छ ।रकम हिनामिना गरेको आरोप लागेका वडाद्यक्ष राजेश्वोर प्रसाद साहले आफूमाथि लागेको आरोप झुटो भएको प्रतिक्रिया दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments