Incident Reports

जुट मिल्समा तलाबन्दी

2018-07-18

Province 1, Morang, Biratnagar

सरकारको लगानी रहेको बिराटनगर जुट मिल्सले पुराना कर्मचारीको करार समाप्त गरेपछि बुधबार उद्योग प्रशासनमा तालाबन्दी गरिएको छ । लामो अवधिदेखि काम गर्दै आएका अनुभवीलाई हटाएर नयाँ कर्मचारी नियुक्त गरिएको भन्दै पुराना कर्मचारीले तालाबन्दी गरेको जनाइएका छन् । जुट मिल्सले साउन १ बाट सुरक्षाका मनोज खड्का,बिजुली विभागका जितेन्द्र मण्डल,मिल्सको जमिन रेखदेख गर्ने अवधेश सिंह,राउण्डर दिनानाथ सिंह,कम्प्युटरकी विमला काफ्ले,लेखाका विपिन कोइराला,भण्डारका राकेश कर्णको करार समाप्त गरेको छ। करार सकिएका कर्मचारीले लामो अवधिदेखिको पारिश्रमिक पाएका छैनन् । करार सकिएको जनाउ पाउने बित्तिकै १ गते नै तालाबन्दी गरिएपछी स्थानीय प्रहरीको आग्रहमा ताला खोलिएको थियो ।आफुहरुको करार थप नगर्नुको कारण स्पस्ट पार्दै महिनौदेखि नपाएको तलब तत्काल उपलब्ध गराए मात्रै ताला खोलिने मनोज खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments