Incident Reports

‘राष्ट्रिय जनावर बदली गर’ भन्दै सिंहदरबार अगाडि नग्न प्रदर्शन

2018-08-17

Bagmati, Kathmandu, Kathmandu

राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदवार अगाडि एक व्यक्तिले नग्न बनेर प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका माग राखेर बिकिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन् । उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् । सिंहदरवारको दक्षिण गेट नजिकै प्रदर्शन गरेका लिम्बुलाई प्रहरीले केही समयमा नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports