Incident Reports

हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन

2018-08-20

Province 1, Morang, Biratnagar

विराटनगरका टंक भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारवाही गर्न माग राख्दै उनका आफन्त र स्थानीयले सोमबार विराटनगरमा प्रर्दशन गरेका छन् । भट्टराईको शव सडकमा राखी उनीहरुले प्रदर्शन गरेका हुन् । सडकमा शव राखी प्रदर्शन गरेका कारण विराटनगर इटहरी सडक खण्ड केहीबेर अवरुद्ध बनेको थियो । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा आइतबार विहान भट्टराईको हत्या भएको थियो । उनी सोही हार्डवेयरमा सुरक्षा गार्डमा कार्यरत रहेका थिए । विराटनगर ४ का ५० वर्षीय भट्टराईको आँखामा गम्भीर चोट लागेका थियो भने शरीरका विभिन्न ठाउँमा पनि चोट देखिएका थियो । भट्टराईको शव हार्डवेयरको पसलको कोठामा फेला परेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments