Incident Reports

किशोरी हत्या प्रकरण: बुधबार पनि महेन्द्रनगर तनावग्रस्त

2018-08-22

किशोरीको बलात्कारपछि हत्या घट्नाका दोषी पत्ता लगाउन माग गर्दै आएका स्थानीय र प्रहरीबीच बुधबार पनि पटक पटक भएको झडपमा दुवैतर्फ ठूलो संख्यामा घाईते भएका छन् । मृतक किशोरी पढ्न गएको घरमा आन्दोलनकारी केन्द्रित हुँदा झडप भएको हो । महेन्द्रनगर बजार क्षेत्र दिनभरि तनावग्रस्त हुन पुग्यो । स्थानीय र पीडित परिवारले सुरुदेखि शंका गरिरहेको उक्त घरमा पस्न खोज्दा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो । आन्दोलनमा उत्रेका स्थानीयले घर तोडफोड गर्न खोजेका थिए । दिनभरि बजार क्षेत्रमा केन्द्रित रहेको आन्दोलन सांझ किशोरी पढ्न गएको रोशनी बमको घरमा केन्द्रित भएको हो । झडपमा कति जना घाईते भए भन्ने एकिन हुन सकेको छैन । स्थानीयतर्फ १०/१२ जना भन्दा बढी घाईते भएको उनीहरु बताउँछन् । बम परिवारको घर गाउँमा हुँदा प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट महिला र बालबालिकाहरु प्रभावित भएका छन् । प्रहरीले उक्त क्षेत्रमा मात्रै करीब ३० सेल भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । यसैगरी महेन्द्रनगर बजारमा पनि १५ सेल अश्रुग्यास प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञान बहादुर सेठीले बताउनुभयो । सोमबार सांझ प्रहरीले सार्वजनिक गरेको अिभयुक्त दिलिपसिंह विस्ट दोषी हुन नसक्ने भन्दै स्थानीय आन्दोलित बनेका हुन् । उनीहरुले किशोरी पढ्न गएको घरका युवतीहरुलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् । तर प्रहरीले भने हालसम्म जुटेको प्रमाणका आधारमा विष्ट नै दोषी देखिएको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका इन्चार्ज डीएसपी अंगुर जिसीले धेरै प्रमाण जुटेको र विष्टको डीएनए पनि परिक्षणका लागि पठाउने तयारी भईरहेको बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments