Incident Reports

गर्भवतीको मृत्युपछी अस्पतालमा तनाव

2018-08-09

Province 1, Morang, Budhiganga

मोरङको बूढीगंगास्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा डाक्टरको लापरवाहीले बिरामी मृत्यु भएको आरोप लगाउँदै आफन्तले बिहिबार अस्पताल घेराउ गरेका छन् ।इटहरी-१३ खनारकी २५ वर्षीय गर्भवती महिला सगिरा खातुनको मृत्यु भन्दै मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल घेराउ गरेका हुन् । उनीहरुले मुलगेट बन्द गर्दै अस्पतालविरुद्ध नाराबाजी गरेका थिए ।मृतक महिलाका काकाससुरा समिम अख्तरका अनुसार एक हप्ताअघि अस्पताल भर्ना भएकी सगिराको बुधबार राति नै मृत्यु भए पनि डाक्टरहरुले बिहिबार बिहान खबर गर्दा आफन्तहरु तनावमा एक थिए । अस्पताल प्रशासनले भने महिलालाई भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफन्तहरुले नमानेपछी मृत्यु भएको र बच्चा भेन्टिलेटरमा सुरक्षित रहेको जनाएको छ । बिरामीको मृत्यु हुनुमा अस्पतालको कुनै लापरवाही नभएको अस्पताल प्रशासनले दाबी गरेको छ ।अस्पतालमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments