Incident Reports

सुत्केरी महिला मृत्यु प्रकरण : प्रदर्शनकारीमाथी अश्रुग्याँस र लाठी चार्ज

2018-09-01

Madhes, Sarlahi, Hariwan

उपचारमा लापरबाही गरेकाले सुत्केरी महिलाको मृत्यु भएको भन्दै सर्लाहीको हरिवन स्थित नमूना अस्पतालमा आगजनी एवं तोडफोड भएपछि भिड नियन्त्रणका लागि प्रहरीले ११ सेल अश्रुग्याँस प्रहार गरेको छ। आक्रोशित मृतकका आफन्त, गाउँले एवं माईतीपक्षले शनिबार बिहान अस्पतालमा आगजनी एवं तोडफोड सहित उक्त भिड ईलाका प्रहरी कार्यालय हरिवनतर्फ अगाडी बढेपछि नियन्त्रणका लागि अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। अस्पतालमा तोडफोड एवं आगजनी सहित अनियन्त्रित भिड प्रहरी कार्यालय तर्फ छिर्न खोजेपछि अश्रुग्याँस र लाठी चार्ज गर्नु परेको पोखरेलले बताए। प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर ५ जना सुरक्षाकर्मी घाईते भएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। त्यस्तै प्रहरीको लाठीचार्जबाट ४ जना प्रदर्शनकारी घाईते भएको बताईएको छ। हरिवन नगरपालिका–४, पटौना निवासी अनकबहादुर थापाकी श्रीमति ३१ वर्षीया अप्सराको मृत्यु भएपछि आक्रोशित भिडले बिहानै देखि अस्पतालमा तोडफोड गरेको थियो । केहीबेर पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध पारेपनि प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। त्यस्तै अस्पतालमा तोडफोड गर्ने क्रममा मृतकका भाई कृष्णहरी कार्कीको हातमा झ्यालको सिसाले काट्दा गहिरो चोट लागेपछि उनलाई उपचारका लागि बाहिर पठाईएको प्रहरीले जनाएको छ। सुत्केरी व्यथा लागेपछि अप्सरालाई शुक्रबार राती ७ बजे नमूना अस्पतालमा ल्याईएको र ३ घण्टाजती राखेपछि नसकिने भन्दै रिफर गरेको आफन्तले बताएका छन्। वीरगंजतर्फ लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो। मृत्यु भएपछि शव पुनः नमूना अस्पतालमै ल्याएर राखिएको छ। नसक्ने भए पहिला नै रेफर गर्नुपर्नेमा घण्टौं बिरामी राखेर अस्पतालले खेलबाड गरेको मृतकका आफन्तले आरोप लगाएका छन्। अस्पतालका व्यवस्थापक बलराम न्यौपानेले भने आफूहरुले रेफर गरेर पठाईसकेपछि बिरामीको मृत्यु भएकाले अस्पतालको तर्फबाट कुनै लापरबाही नभएको दाबी गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments