Incident Reports

गाईगोरुसहित स्थानीय धर्नामा

2018-09-01

गाउँघर लगायत बजार क्षेत्रमा दिनहुँ वेवारिसे गाईगोरुहरुको संख्या बढ्न थालेपछि बर्दियाको सदरमुकाम गुलरियाका स्थानीयहरु धर्नामा बसेका छन् । दीगो व्यवस्थापनको माग गर्दै गुलरिया नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय अगाडिको सडकखण्डमा गाईगोरु राखेरै गुलरियागाउँका स्थानीयहरु धर्नामा बसेका हुन्। ‘गाउँघरमा छाडा छोडिएका वेवासिे गाईगोरुहरुको स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने हाम्रो माग हो’ गुलरिया नगरपालिका ७ निवासी अभिनन्दन यादवले बताए । उनले भने,‘गाई राष्ट्रिय जनावर भएकाले पनि यसको संरक्षण गर्नुपर्ने दायित्व सरकारको हो ।’ करिव ३ सय भन्दा बढी वेवारिसे छाडा पशुहरु चार घण्टा भन्दा बढी समयसम्म सडकमा रहँदा यातायात अवरुद्ध भएको थियो । ‘पशुहरु घरभित्रै छिर्ने, मानिसहरुलाई हान्ने, खेतबारीमा लगाएका खेतीपानी खाएर नोक्सानी गरेपछि हामी पीडित बनेका छौं ।’ उनले थपे, ‘जतिसक्यो चाँडो वेवारिसे पशुहरुको दीगो व्यवस्थापन हुनु प¥यो, नत्र हामी कडा आन्दोलनमा उत्रन बाध्य हुन्छौ ।’ बजार क्षेत्रमा समेत वेवारिसे पशुहरु भएकाले सवारी दुर्घटना निम्तिन सक्ने तर्फ उनले सचेत पारे । बर्दियाका ८ वटै स्थानीयतहहरुमा वेवारिसे छाडा पशुहरुको समस्या दिनहुँ बढ्दो क्रममा छ । केही दिन अघि गुलरिया नगरपालिका ६ मा रहेका वेवारिसे पशुहरु नगरपालिकाले खैरापुरस्थित गौशालामा लगेर छाडेपनि पशुहरुको संख्या घटेको छैन । गुलरियागाउँका स्थानीय पीडित दिपेन्द्र यादवले भने,‘हाम्रो माग गाईगोरुको व्यवस्थापन गर्नुपर्छ भन्ने हो तर कतैबाट सुनुवाई नभएपछि सडकमै धर्ना दिएर आन्दोल
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments