Incident Reports

गौर न पा ८ का वडाध्यक्षमाथि हातपात

2018-08-12

Madhes, Rautahat, Gaur, Ward 8

गौर नगरपालिकाको वडा नं ८ मा सरसफाई अभियानको क्रममा अटेर गरेका स्थानीयवासीहरुको बाख्रा सहित चार जनालाई पक्राउ गरी ल्याउँदा झडप भएको समाचार प्रकाशनआ आएको छ ।नगरलाई सफा,सुघर राख्ने उदेश्यलेले सफाई अभियान अन्तर्गत कयौँ पटक स्थानीयवासीहरुलाई सूचना दिंदा पनि अटेर गरेपछि नगरप्रहरीको सहयोगमा सय वटा बाख्रा सहित चार जनालाई पक्राउ गर्न ल्याइएको वडा नं ८ का वडा अध्यक्ष जनार्धन साहले बताउनु भएको छ । आइतबार बिहानको समयमा वडा अध्यक्ष साहको निर्देशनालय मान्छे र बाख्रा समाउन थालेपछि स्थानीयहरुले विरोध गर्दै झडप सिर्जना गरेको थियो ।वडा अध्यक्ष साहमाथि हातपात र स्थानीयहरुको भिडले वडा अध्यक्ष मुर्दावाद राजिनामा देऊ जस्ता नारा लगाउँदै नगरपालिका कार्यालयमा प्रवेश गरी नगर प्रमुखको रोहबरमा बाख्रा गिरफ्तार गरिएका व्यक्तिहरुलाई रिहा गरिएको थियो ।वडा अद्यक्ष साहका अनुसार सामान्य रूपमा झगडा भएको स्वीकार गर्नु हुँदै पक्राउ परेका व्यक्तिहरुले माफी मागे पछि रिहा गरिएको बताउनु भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Rautahat

0 Comments