Incident Reports

प्रहरी इन्स्पेक्टरद्वारा पत्रकारलाई हातपात गरेको आरोप

2018-09-06

शुभकालिका गाउँपालिका–४ का २८ वर्षीय हिमालय टाइम्स दैनिक तथा तिलान्यूज अनलाइनमा कार्यरत पत्रकार विरेन्द्र आचार्यलाई जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर देवेन्द्र मल्लले हातपात तथा अभद्र व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । समचार सङ्कलन गर्न जिल्ला भदौ २१ गते जिल्ला प्रहरी कार्यालय गएको समयमा प्रहरी इन्स्पेक्टर मल्लले अपशब्द बोलेको पत्रकार आचार्यले आरोप लगाएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटले भदौ २२ गते प्रेस विज्ञप्ति प्रकाशन गरी उक्त घटनाको निन्दा गरेको छ । महासङ्घ शाखाका कार्यवाहक अध्यक्ष मनिका वोराद्वारा हस्ताक्षररित विज्ञप्तिमा पत्रकार आचार्यलाई हातपात तथा अपमान जनक व्यवहार गर्ने इन्स्पेक्टर देवेन्द्र मल्ललार्ई कानुनी कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी, डिएसपीसँग माग गरिएको छ । इन्स्पेक्टर मल्लले कार्यलयमा होहल्ला भएको सुनेर धकेलेको र पत्रकार भनेर जानकारी नभएको प्रतिक्रिया दिएका छन् । घटनका विषयमा कालिकोटका डिएसपी विनोद शर्माले आफू गाउँतिर रहेकाले सदरमुकाम फर्केपछि पत्रकारलाई कुटपिट गरेको घटनाका आरोपितलाई अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments