Incident Reports

सवारी चालक हरु आन्दोलित

2018-09-10

नयाँ मुलुकी ऐन २०७४ मा भएको व्यवस्थाको बिरोधमा कपिलबस्तुको सवारी चालक आन्दोलित भएका छन्। जिल्लामा ट्रक, टिप्पर चालक चालकहरु नयाँ मुलुकी ऐनमा सवारीबाट कसैको ज्यान गएमा चालकलाई ५ बर्ष कैद गर्न कानुन ल्याएको बिरोध गर्दै आन्दोलनमा उत्रिएका हुन्। सवारी साधन नै बन्द गरी शनिबार ट्रक र टिप्पर चालकहरु वाणगंगा यातायात समितिको कार्यालयमा जम्मा भै आन्दोलन गरेका थिए। अन्जानमा दुर्घटना हुँदा चालकलाई ५ बर्ष कैद हुँदा परिवारको विचल्ली हुने चालकहरुको गुनासो छ। चालकहरुले आन्दोलन स्वरूप शनिबारदेखि सवारी साधन नचलाउने र आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments