Incident Reports

भाडा वृद्धिको विरोधमा नेविसंघको एक घन्टा चक्काजाम

2018-09-24

Bagmati, Kathmandu, Kathmandu

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ। सवारी साधनमा भएको भाडादर वृद्धिको विरोधमा देशभरका क्याम्पसअगाडि नेविसंघले सोमबार बिहान एक घण्टा चक्काजाम गरेको हो। बिहान ९ देखि १० बजेसम्म नेविसंघले गरेको चक्काजामका कारण राजधानीको सवारी प्रभावित भएको छ। यातायात व्यवसायीले दसैँका लागि टिकट बिक्री खुल्ला नगर्ने अडान लिएपछि सरकारले सवारी साधनको भाडादर आइतबारबाट वृद्धि गरेको छ। यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिलाई देखाउँदै भाडा वृद्धिको माग अगाडि सारेका थिए। नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सरकारले भाडादर वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने सेतोपाटीलाई बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments