Incident Reports

धनगढीमा बन्द आह्वान, बिहानैदेखि बजार र यातायात ठप्प

2018-09-27

Sudurpashchim, Kailali, Dhangadhi

प्रदेश ७ को राजधानी धनगढीबाट कैलालीको गोदावरी नगरपालिका, ४ तेघरी सार्न खोजिएको विरोधमा बिहीबार धनगढी बन्द गरिएको छ । राजधानी नसार्न दवाव दिँदै धनगढीवासीले एकदिनका लागि आमहड्ताल गरेका हुन् । बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दले शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार ठप्प छन् । धनगढी बजारमा अटो सिक्सा समेत चलेका छैनन् । बन्दकर्ताहरू बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउन लागिरहेका छन् । उनीहरूले अस्थायी राजधानीका लागि धनगढीमा करोडौ रुपैयाँ खर्च भइसकेको बताउदै जङगल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरेका छन् । बन्दलाई मध्यनजर गर्दै बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis