Incident Reports

प्रधान अध्यापकद्वारा उज्यालोकर्मीमाथि दुर्व्यवहार

2018-09-30

उज्यालो सहकर्मी डीबी विष्टलार्इ स्थानीय विद्यालयका प्रधानअध्यापकले दुर्व्यवहार गरेका छन् । तल्कोट गाँउपालिका–१, सुनीकोटबाट रिपोर्टिङ् गरी घर फर्किने क्रममा डाँडा देउ प्राविका प्रधानअध्यापक मदनराज जोशीले गाली बेइज्जती गरेका हुन् । महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया कार्यक्रममा सहजीकरण गर्न शुक्रबार सुनीकोट पुगेका सहकर्मी बिष्टमाथी सुनीकोटको पक्की पुल नजीकै रक्सी खाएर मातेका प्रअ जोशीले आफूलाई अपशब्द गाली गरेको विष्टकाे भनार्इ छ । विष्ट आफ्नै सिटमा बसिरहेको समयमा गाडी रोक्दै गाली गर्न लागेका जोशीलाई अन्य व्यक्तिले सम्झाउँदा नमानी सँगै बसेका अर्का पत्रकारलाईसमेत गाली गरेका थिए । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रविण धितालले त्यस्ता शिक्षकलाई कानुन अनुसार कार्वाही गरिने बताउनु भएको छ । यस्तै जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले प्रअ जस्तो पदमा रहेको व्यक्तिले सडकमा गाली गर्न नहुने र त्यस्ता शिक्षकलाई कानुन अनुसार कार्वाही हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले पनिे घोर आपत्ति जनाउँदै अध्यक्ष जगदीस रोकायाले अनावश्यक गाली बेइजती गर्ने शिक्षकलाई कार्वाही गरिनुपर्ने बताउनुभएको छ । विष्ट र प्रअ जोशीका बीच यसअघि व्यक्तिगत चिनाजानी नभएको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Secondary Form Harassment
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments