Incident Reports

धनगढी आज पनि बन्द, जनजीवन प्रभावित

2018-09-30

Sudurpashchim, Kailali, Dhangadhi

प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय खारेजको माग गर्दै शनिबारदेखि आह्वान गरिएको अनिश्चितकालीन धनगढी बन्द आज पनि यथावत छ । कांग्रेस नेतृत्वमा आह्वान भएको बन्दलार्इ उद्योग बाणिज्य संघ, कैलाली, प्याब्सन, एन प्याब्सन र बस ब्यबसायीलगायतले समर्थन गरेका छन् । बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था पसल खुलेका छैनन् भने सवारी साधनहरु ग्यारेजमा थन्किएका छन् । बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालार्इ ध्यान दिँदै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएकाे छ । सशस्त्र र नेपाल प्रहरीले सडक तथा चाेकहरूमा पहरा दिइरहेका छन् । प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो । आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis