Incident Reports

निर्मलालाई न्याय माग्दै कञ्चनपुर बन्द

2018-10-02

नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको छ ।

0,0निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भनिर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भनेवि संघले मंगलबार कञ्चनपुर बन्द गरेको हो । निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य तेजबहादुर साउँदले बताउनुभयो । उहाँले केन्द्रीय निर्देशनअनुसार आफूहरुले मंगलबार कञ्चनपुर बन्द गरेको बताउनुभयो । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द छन् । यस्तै, नेवि संघको आह्वानमा सहमति जनाउदै उद्योग व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् । निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी छ । तर, सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ । यता, सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments