Incident Reports

कञ्चनपुर प्रकरण : सरकारी वकिलको कार्यालयमा नेविसंघको तोडफोड

2018-10-02

काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् । जिल्ला बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । तोडफोडका क्रममा नेविसंघ कार्यकर्ताले चारजना कर्मचारीमाथि हातपात समेत गरेको कार्यालयका वकिल खेमराज भट्टले बताएका छन् । नेविसंघले निर्मला हत्या प्रकरणमा दोषी पहिचान नभएको भन्दै आज कञ्चनपुर बन्द आह्वान गरेको छ । त्यस क्रममा नेविसंघ कार्यकर्ताले बा २ झ २७१५ नम्बरको सरकारी गाडीमा आक्रमण गर्दा सिसा फुटेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments