Incident Reports

समाचार प्रसारण गरेको आरोपमा पत्रकारलाई धम्की ।

2018-10-01

Madhes, Bara, Kalaiya, Ward 3

कलैया उपमहानगरपालिका–३ निवासी एभिन्यूज टेलिभिजनका पत्रकार २५ वर्षीय अजय साहलाई समाचार प्रसारण गरेको आरोपमा मार्ने धम्की दिएको भन्दै पीडितले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आफ्नो मोबाइल नं.९८४५४९१६४० मा असोज १५ गते बिहान कलैयाको चिया पसलमा बसेको बेला मोबाइल नं ९८६५२२६९२५ बाट धम्की आएपछि उजुरी दिएको पत्रकार साहले बताए । जिल्ल प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह राठौरले पत्रकार साहलाई धम्की आएको उजुरी प्राप्त भएको बताए । असोज १६ गते कल डिटेल विवरणका लागि टेलिकमलाई पत्र पठाएकोले दुई वा तीन दिनमा विवरण आएपछि घटनाको थप अनुसन्धान हुने डिएसपीले बताए । कलैया उपमहानगरपालिका–२३ को विकास निर्माण कार्यमा अनियमितताको विषयमा एभिज्यूज टेलिभिजनबाट समाचार प्रसारण भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
INSEC

0 Comments