Incident Reports

खानेपानी माग गर्दै त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी

2018-10-03

Karnali, Rukum West, Tribeni

खानेपानीको माग राखि गाउँपालिका घेरा गर्दै आएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. २ का बासिन्दाले कार्यालयमा तालबन्दी गरिएका छन् । खानेपानीको पाइप जडान गर्न माग गर्दै वडा नम्बर दुई बेतखोलाका स्थानीयले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालबन्दी गरेका हुन् । आफूहरुले २०३९ सालदेखि उपभोग गर्दै आएको पानीको लाईन काटिएको भन्दै बेतखोलाका स्थानीले आन्दोलन गर्दै आएका छन् । काटिएको पानीको लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि आज गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । गाउँमा खानेपानीको आपूर्ति सुरु नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताउनुभयो। आफूहरुले पानीको लाइन जोडिदिन माग गर्दै पटक–पटक वडा कार्यालय तथा गाउँपालिका कार्यालयमा लिखित तथा मौखिक निवेदन दिएको र गाउँपालिका कार्यालयमा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ । तालाबन्दीसँगै गाउँपालिका कार्यालय घेराउ तथा धर्नाको कार्यक्रमसमेत जारी रहने बोहोराले बताउनुभयो। गाउँपालिकाले मंगलबार भएको छलफलमा खानेपानीको आपुर्ति सुरु गरिदिने मौखिक प्रतिवद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । तर सहमति अनुसार बुधबार बिहानसम्म खानेपानी नआएपछि बाध्य भएर गाउँपालिका कार्यालयमा तालबन्दी गरेको स्थानीयको भनाई छ । वडा नम्बर दुइकै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments