Incident Reports

No translation available.

2018-09-28

Bagmati, Chitawan, Bharatpur

भरतपुरका अटो रिक्सा चालकहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।मुख्य राजमार्गको चौबिसकोठीदेखि नारायणगढको पुल्चोकसम्मको डेढ किलो मिटर दुरीमा एक महिनाका लागि भएपनि अटो रिक्सा चलाउन पाउनु पर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । विरोध प्रदर्शन स्वरूप उनीहरु शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडीबाट भरतपुर महानगरपालिकाको गेटसम्म विरोध जुलुस निकालेका छन् ।उनीहरुले निधारमा कालो पट्टि बाँधेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।असोज १४ गते आइतबार १२ बजेसम्म माग पुरा नभए आन्दोलनले चर्को रुप लिने ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष हरिहर सापकोटाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments