Incident Reports

भरुवा बन्दुक सहित पक्राउ ।

2018-10-06

Gandaki, Myagdi, Annapurna, Ward 8

अन्नपूर्ण गाउँपालिका-८ राम्चे बस्ने २० वर्षीय काली भन्ने टेकबीर गर्बुजालाई एकनाले भरुवा बन्दुक सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय घोडेपानीको प्रहरीले गर्बुजाको गोठमा तलासी गर्दा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेपछि उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments