Incident Reports

कर वृद्धिको विरोधमा नगरपालिका कार्यालयमा तालाबन्दी

2018-10-02

Madhes, Mahottari, Aurahi

कर वृद्धिको विरोध गर्दै महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् । नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर वृद्धि गरेको, वजेट पारदर्शर्ी नगरेको भन्दै मंगलबार विहान स्थानीयले कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कार्यालयको कामकाज प्रभावित बनेको छ । नगरपालिकाले वजेट सार्वजानिक गरिएको दिनदेखि नै आफूहरु विरोधको कार्यक्रम गर्दासमेत नगरप्रमुखले वार्ता वा छलफल गर्नका लागि तयार नभएपछि तालाबन्दी गरेको स्थानीय दरेश यादवले जानकारी दिए । यसभन्दा अगाडि कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि विरोध प्रदर्शनका अनेकौं कार्यक्रम गर्दासमेत आफूहरुको माग सम्बोधन गर्न नगरपालिका तयार नभएपछि बाध्य भएर तालाबन्दी गरेको यादवले बताए । औरही नगरपालिकाका नगरप्रमुख सुनील यादवले भने आफूले बोलाएको बैठकमा आन्दोलनकारीहरु नआएकाले वार्ता हुन नसकेको बताए । यसभन्दा अगाडि विभिन्न चरणको आन्दोलनको कार्यक्रम गर्दै आएको औरहीका स्थानीयले आइतबार नगरपालिकाको मूलगेटमा धर्ना दिएका थिए भने सोमबार बर्दिवास जलेश्वर सडकखण्ड अवरुद्ध गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments