Incident Reports

वर्ल्ड लिंकको सल्यान टावरमा तोडफोड

2018-10-22

Karnali, Salyan, Kapurkot, Ward 3

सल्यानको कपुरकोटस्थित वर्ल्ड लिंक कम्युनिकेशनको टावरमा तोडफोड र चोरी भएको छ । अज्ञात समूहले कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलाबारिको रिपिटर टावरमा तोडफोड गरी महत्वपूर्ण सामान चोरी गरेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि शनत कुमार शर्माले जानकारी दिए । अहिले सल्यान र त्यस आसपासका जिल्लाहरुमा इन्टरनेट सेवा प्रभावित भएको छ । चाडबाड मान्न सुरक्षा गार्ड घर गएको बेला टावर भित्र छिर्ने ढोका फोडेर रेडियो उपकरणहरु चोरी भएको शर्माले बताए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । के कति सामान चोरी र क्षति भयो भन्ने जानकारी लिन तथा इन्टरनेट सेवा शुरु गर्नका लागि वर्ल्ड लिंकको प्राविधिक टोलि कपुरकोट आउन लागेको छ । – शंकर केसीबाट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments