Incident Reports

होटल सञ्चालकको कुटपिटबाट कामदार बालकको हात भाँचियो !

2018-10-04

Karnali, Dailekh, Dullu, Ward 3

सल्यान जिल्ला दार्मा गाउँपालिका–६ किमटाकुरा घरभई होटलमा काम गर्दै आएका १२ वर्षीय बालश्रमिक प्रकाश बुढाथोकीलाई रुपियाँपैसा चोरेको आरोपमा दुल्लू नपा–३ स्थित सागर होटलकी सञ्चालक ३० वर्षीया शान्ति शाहीले कुटपिट गर्दा बालकको हात भाँचिएको छ । एकान्त ग्रामीण बस्ती भएको, घटनाका आरोपित पक्षले उपचारको वास्ता नगरेको कारण १८ दिनपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीलाई पहिल्यै सूचना गर्दा पनि उद्धारमा चासो नदिएको स्थानीय अधिकारकर्मीको आरोप छ । प्राप्त विवरण अनुसार सल्यानको दार्मा गाउँपालिका–६ किमटाकुराका प्रकाश बुढाथोकीले आफू काम गर्ने होटलको गल्लाबाट रकम झिकेर भागेको आरोपमा होटल सञ्चालकले गरेको कुटपिटको क्रममा हात भाँचिएको पीडित बालकले बताए । त्यसबेलाको कुटपिटका कारण दुई ओटा दाँत पनि हल्लिएको पीडितले बताए । ‘दसैँमा घर जाँदा १ हजार ५ सय रुपियाँ दिनुहोला’ भनी आग्रह गरेका बालकलाई दसैँमा जान नदिने कुरा गरेको कारण असोज १८ गते बिहान रुपियाँ लिएर भागेपछि छिमेकी कृष्णा शाहीले रोकेको जनाइएको छ । त्यपसपछि बालकलाई शान्ति शाहीले मुलसडकमै लछारपछार गर्नुका साथै टेबुलमा हात राखेर दाउराले हिर्काउँदा प्रकाशको देब्रे हातको नाडी भाँचिएको पीडितले बताए । हात भाँचिएपछि बालकले लगेको भनिएको १ हजार ५ सय रुपियाँ लिएर ‘जहाँ जान्छस् जा’ भन्दै गलत्याएर सुर्खेत जाने बाटोतर्फ धकेलेपछि बालक रुँदै सियालाबाट पैदल तीन किलोमिटर टाढा नाउली भन्ने ठाउँमा कृष्णबहादुर शाहीको घरमा आश्रय लिन पुगेका थिए । स्थानीयले बालकको उपचार गर्न होटल सञ्चालकलाई भने पनि वास्ता नगरेको र यसबारे प्रहरीलाई खवर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महतले बताए । होटल सञ्चालकले वेवास्ता गरेको र भाँचिएको हात ढिलो उपचार गर्दा झनै जोखिम बढ्ने भएकाले स्थानीयले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रारम्भिक उपचारमा संलग्न अहेव राजेशप्रसाद रिमालले बालकको देबे्र हातका नाडीका दुइटै हड्डी फुटेको बताए । ‘यो अवस्थामा अप्रेशनको विकल्प हँुदैन ।’–उनले भने । बालकलाई कुटपिट गर्ने होटल मालिक्नीलाई बोलाइएकोमा शान्तिका पति ३२ वर्षीय सुरेश शाहीसँग बालकको उपचार बारे जिल्ला प्रहरी कार्यालयमा प्रारम्भिक छलफल भएको छ । छलफलपछि महिला तथा बालबालिका सेवा केन्द्रका प्रभा बिक र होटल सञ्चालक शाहीसहित बालकको उपचारका लागि कात्तिक ६ गते नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । घटनाका विषयमा आारोपित शाहीले टेलिफोनमा प्रतिक्रिया दिँदै भनिन्–‘रुपियाँ चोरेको रिसको आवेगमा कुटपिट गरेकै हो । तर पुरानो घटनालाई घरायसी रीसिइबी भएकाले उचाले ।’ ‘मुलुकी अपराध (सहिंता) ऐन २०७४’ को दफा १९२ को उपदफा (५) मा उपचारबाट निको हुने गरी अङ्गभङ्ग गराएमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना समेत हुने कानुनी व्यवस्था छ । त्यसैगरी १४ वर्ष मुनिका बालबालिकालाई बालश्रममा लगाउनेलाई ‘बालश्रम (निषेध र नियन्त्रण गर्ने) ऐन २०५६’ को दफा ३ ले तीन महिनासम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुबै सजाय गर्ने व्यवस्था गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments