Incident Reports

अनियमितताको विरोधमा गाउँपालिकामा तालाबन्दी

2018-10-28

Lumbini, Palpa, Purbakhola

प्रदेश नं. ५ को पूर्वखोला गाउँपालिको कार्यालयमा युवा समूहले तालाबन्दी गरेका छन्। एक वर्ष लामो समय बितिसक्दा गाउँ सरकारले जनमैत्री कार्यक्रम ल्याउन नसकेको र प्रशासनिक अनियमितता गरेको भन्दै ताला लगाएको बताइएको छ। युवाहरुले सार्वजनिक सुनुवाई नभएको, उपभोक्ता समितिले रकम हिनामिना गरेको, सार्वजनिक सवारीको दुरुपयोग गरेको भन्दै ताला लगाउनुपरेको स्थानीय युवा नविन आचार्यले बताए। उनी भन्छन्, ‘मनपरी रुपमा गाउँपालिकाले काम गर्दै जाने र जनता चुब बस्ने अवस्था आउनु राम्रो हुँदैन। कार्यपालिका गम्भिर बन्नुपर्छ।’ पूर्वखोला युवा समाजले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक सुनुवाई, योजना तर्जुमा, गाउँपालिका भवन निर्माण, कर्मचारी व्यवस्थापन, सवारी दूरुपयोग, उज्यालो अभियानमा भएको अनियमितता, कर्मचारी विदेश भ्रमण, चुनावी घोषणापत्र र वर्तमान स्थिति बारे छलफल गर्नुपर्ने माग लिखित रुपमा गरेको छ। पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले प्राविधिकको विषयमा कुरा नमिल्दा समस्या सिर्जना गरेको हुन सक्ने बताए। इञ्जिनियर नभएको विषयलाई मुद्दा बनाएर कार्यालयमा ताला लगाएको बताए। ‘असहमति राख्ने पक्षले के कुरामा असहमति भएको हो स्पष्ट भन्नु भएको पनि छैन। १५ बुँदे ज्ञापन पत्र बुझाएका छन्, उनले भने, ‘वार्ता टोली बनाउने सहमति भएको छ। तर टेबलमा बसेर कुरा गर्न आइसकेका छैनन्। प्रशासनिक अनियमितता भएको भनिएको छ। अनियमितता पुष्टि भए कारवाही गर्न कार्यपालिका तयार छ।’ पूर्वखोला गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकामा ताला लगाएर अब यस्तै गरि अलमल भैरहेको अवस्थामा आफूहरु सोमबारबाट कार्यालय सूचारु गर्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments