2018-11-02
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सयदिन पुगिसक्दासमेत हत्यारा पत्ता नलागाएको भन्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । वीरगञ्जको घण्टाघरमा मानव साङ्लो बनाएर न्याय दिलाउन माग गरिएको हो ।
वीरगञ्जमा विभिन्न संघ संस्थामा आवद्ध युवा, विद्यार्थीहरु मिलेर मानव साङ्लो निर्माण गरेका थिए ।
घटना भएको सय दिन पुगीसक्दासमेत निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।
प्रहरी प्रशासन र सरकारलाई दवाव दिन र निर्मलाको परिवारलाई हामी साथ छौं भन्ने सन्देश दिन मानव साङ्लो निर्माण गरिएको संस्कृतिकी अध्यक्ष शैली चौधरीले बताइन् । ‘एउटा बालिकाको बलात्कारपछि हत्या भएको छ, तर हत्यारा अझै पत्ता लाग्न सकेको छैन,’ उनले भनिन, ‘ घटनाको अनुसन्धानमा दवाव दिन र निर्मलाको परिवारको न्यायका लागि हामीले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हौं ।’
सहभागीहरुले निर्मलाको हत्या भएको सय दिन पुगेको झल्को दिन मानव साङ्लोमार्फत सय बनाएर केहिबेर प्रदर्शन गरेका थिए ।
मानव साङ्लो निर्माणमा सहभागीहरुले प्ले कार्ड मार्फत ‘जस्टिस फर निर्मला’ भन्ने नारा समेत बनाएका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Issues related to legal action and access to justice |
Actor 1 - Number of people | 100 |
Actor 1 - Affiliations | Protesters/demonstrators |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD