Incident Reports

स्थानीयद्धारा बबई गाउँपालिकामा घेराउ, क्षतिपुर्तीमा मिलेमतो गर्न खोजेको आरोप

2018-11-12

Lumbini, Dang, Babai

बसको ठक्कर बाट एकजना युवाको मृत्यु भएपछि आक्रोसित स्थानीयले बबई गाउँपालिका घेराउ गरेका छन् । सयौंको संख्यामा नारावाजी गर्दै स्थानीयले बबई गाउँपालिका घेराउ गर्न गएपछि त्यहाँ अहिले संभावित तोडफोड हुन नपावस भनेर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । मृतकका  परिवारलाई क्षतिपुर्ती उपलब्ध गराउने सवालमा मिलेमतो भएको भन्दै स्थानीयले नारावाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका हुन । उनीहरुले स्थानीय सरकार होसियार, हत्यारालाई कारवाही गर, पिडितलाई उचित क्षतिपुर्ती दे भन्ने जस्ता नारावाजी लगाइरहेका छन् ।

यसअघि स्थानीयले आइतवार विहानैदेखि तुलसीपुर–सुर्खेत सडक खण्ड अवरुद्ध गर्दै आएका छन् । शनिवार बेलुका ५ बजेतिर बसको ठक्कर वाट बबई गाउँपालिका वडा नं. ५ निवासी २३ बर्षीय मानसिंह वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

पुरन्धारा झरना बाट पिकनिक खाएर आउँदै गरेको राप्ती यातायात सेवा प्रालीको ना २ ख ९६३५ नम्वरको बसले व्याक गर्ने क्रममा वलीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  । पिडित पक्षले वलीको शव उठाउन अझैं मानेको छैन । प्रहरीले वलीको शवलाई रातभर सडकमै बसेर सुरक्षा दिएको थियो । चालकले मदिरा सेवन गरि लापरवाही पूर्वक बस चलाएको हुँदा व्याक गर्ने क्रममा सावधानी नपनाउँदा उक्त दुर्घटनान भएको आरोप स्थानीयले लगाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 35
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Other Sources

0 Comments