Incident Reports

चन्दननाथ नगरपालिकाको गाडी आगजनी

2018-11-18

Karnali, Jumla, Chandannath

जुम्लाको चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले आगजनी गरेको छ । चन्दननाथ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरि राखेको क१झ १ नम्बरको गाडी गए राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि सबैलाई जानकारी गराएका थिए । उनले भने ‘म सुतिरहेको थिएँ, ढोकामा अज्ञात व्यक्तिले ढक–ढक हान्यो, ढोका खोलेर हेर्दा गाडी जलिरहेको थियो ।’ त्यसपछि खबर गर्दा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो ।

जलेको गाडी ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले बताए । नगरपालिकाका मेयर भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments