Incident Reports

पेस्तोल सहित पक्राउ

2018-11-18

Province 1, Sunsari, Koshi, Ward 8

सुनसरी कोशी गाँउपालिका-८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट भारत भिमनगर-४ सुपोल बिहार बस्ने २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । बिआर ५०एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मुखियालाई उक्त पेस्तोल सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी सुनसरी कोशी गाँउपालिका-६ ढट्टा टोलबाट कटुवा पेस्तोल १ थान सहित भारत सुपौल भवानिपुर ग्राम पञ्चायत-७ बस्ने १८ वर्षीय बिबेक यादव र सितापुर ग्राम पञ्चायत-८ बस्ने १७ वर्षीय सुरेशकुमार गोहितलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखेको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र गोहितलाई प्रहरीले उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments