Incident Reports

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

2018-11-19

Sudurpashchim, Kailali, Dhangadhi

प्रदेश कार्यालय अगाडि हत्या गरिएका युवकका हत्यारालाई कारवाही र शान्ति सुरक्षा कायम गर्नुपर्ने माग राख्दै स्थानीयले सोमवार धनगढीमा प्रदर्शन गरेका छन्। फितलो सुरक्षा व्यवस्थाले असुरक्षा बढेको र प्रहरीले अपराधीलाई बचाउने चलखेल गरिरहेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका छन्। सोमवार धनगढी ट्राफिक कार्यालय अगाडिबाट शुरु भएको र्याली नारावाजी सहित जिल्ला प्रहरी कार्यालय अगाडि पुगेको थियो।

शान्ति सुरक्षा कायम गर, हत्यारालाई सार्वजनिक गर्, हत्यारा बचाउने खेल बन्द गर लगायतका चर्का नारा उनीहरुले लगाएका थिए।‘ अनुसन्धान कमजोर बनाएर हत्याको घटनालाई मोड्ने प्रयत्न भइरहेकाले आन्दोलनको घोषणा गरेका हौं’, बिजय थापा न्यायिक संघर्ष समितिका संयोजक प्रेम धामीले भने। 

मंगलवार बिहान ७ बजेदेखि धनगढी बन्दको घोषणा पनि गरेका छन्। प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुखको कार्यालय अगाडि धनगढी उपमहानगरपालिका ४ निवासी २५ बर्षीय बिजय थापाको हत्या भएको थियो। उनलाई घिसार्दै सडकतिर लगिरहेका वेला आशिष सेठीलाई घरभित्रबाट आएका दिपेन्द्र चौधरीले समातेर प्रहरीलाई बुझाएका थिए। होटल कलश रहेको एकतले भवनको छतमाथि दुव्र्यसनी युवाहरुको लागुऔषध सेवन गर्ने स्थल रहेको स्थानीय बताउँछन्। बिजय र आशिष पनि छतबाट घर जाने क्रममा घटना भएको हो। 

बिजयको टाउकोको पछाडी पट्टी चोट लागेको पोष्टमार्टमा रिपोटमा उल्लेख छ। सेठीले रक्ताम्मे अबस्थामा रहेका उनलाई घिसार्दै सडकतिर लगिरहेका थिए। करिब १० मिटर अगाडि पुगेपछि दिपेन्द्र चौधरी भित्रबाट आएपछि सेठी घिसार्न छोडेर भागेका र चौधरीले छोपेर प्रहरीलाई खवर गरेको प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए। अरुलाई खबर गर्न छोडेर घिसार्दैै लैजानु र घरभित्रवाट चौधरी आएपछि अस्पताल पुर्याउन सहयोग माग्नुको सट्टा भाग्नुले हत्या गरेको देखिएको एक प्रहरी अधिकारीले बताए। बिजय थापाकी आमा सीता थापाले सेठीबिरुद्ध किटानी उजुरी दिएकी छिन्। प्रहरीले पनि अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ। सेठी र सेठीका आफन्तले बिजय थापा लडेर घाइते भएको बताउँदै आएका छन्।  

सेठी पारिवारिक पृष्ठभुमी आर्थिक रुपमा सम्पन्न भएकाले थापाका आफन्त तथा वडा नम्वर ४ का स्थानीयले आर्थिक प्रभावमा पारेर दोषी बचाउन खाजेको आरोप लगाएका छन्। ‘आर्थिक प्रभावमा आफै लडेर मृत्यु भएको भनेर घटनालाई मोड्ने प्रयत्न भइरहेको छ’, बिजयका आमा सीताले भनिन्, ‘मेरो छोराको हत्या भएको हो, को को ले हत्यारा गरेको हो, सार्वजनिक गरिनुपर्छ।’ ४ दिनसम्म थापाको शव आफन्तले बुझेका छैनन्। 

कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले कर्तव्य ज्यान मुद्दा दर्ता भएर अदालतवाट म्याद समेत थप गरेर अनुसन्धान अगाडि बढाइएको बताए। 

यसअघि असोज २३ गते बसपार्कमा अन्दाजी ४० बर्षिय एक जना मृत अवस्थामा फेला परेका थिए। मोहन बोहरा नाम र बाजुरा ठेगाना परिचयपत्रमा उल्लेख गरेका उनको कम्मरमा चोट र अण्डकोष सुनिएको प्रहरीले बताएको छ। उनको हत्या गर्नेलाई पनि प्रहरीले पत्ता लगाउन सकेको छैन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments