Incident Reports

हुसेनको हत्या विरोधमा प्रदर्शन

2018-11-21

सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ ।

उनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरको छन् । स्थानीयले दुहवी-५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।

यसअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो । एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

श्रृङ्खलाबद्ध रुपमा एकपछि अर्को हत्या हुँदा समेत प्रहरी प्रशासन निरीह बनेको उनीहरुको आरोप छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments