Incident Reports

अज्ञात पक्षबाट वडा कार्यालय तोडफोड

2018-11-19

Gandaki, Tanahun, Myagde, Ward 1

म्याग्दे गाउँपालिका-१ को कार्यालयमा अज्ञात पक्षबाट मङ्सिर ३ गते राति तोडफोड भएको छ । गुणादीस्थित बाराही महिला बहुउद्धेश्यीय सहकारी संस्थाको भवन भाडामा लिई वडा कार्यालय सञ्चालन गर्दै आएकोमा अज्ञात पक्षबाट उक्त कार्यालयमा तोडफोड भएको वडा अध्यक्ष शिवशरण वाग्लेले बताए ।

तोडफोडबाट वडा कार्यालयको झ्यालका सिसाहरूमा क्षति पुगेको कार्यालयले जनाएको छ । तोडफोडमा संलग्नको खोजीको लागि मङ्सिर ३ गते प्रहरीमा उजुरी दिइएको वडा अध्यक्ष वाग्लेले बताए ।

जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले घटनामा संलग्नका बारेमा खोजी कार्य जारी रहेको बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments