Incident Reports

हत्याको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन, ओरोपीको घरमा आगजनी

2018-11-24

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 5

सुद्धोदन गाउँपालिका– ४ मोतिभारीमा युवा नेता दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरेको विरोधमा स्थानीयले सो क्षेत्रमा दिनभर प्रदर्शन गर्नुका साथै हत्याको आरोपमा अजित पाण्डेको घर, सवारीसाधन तथा पेट्रोल पम्पमा आगजनी तथा तोडफोड गरेका छन्।

प्रदेश नम्बर ५ अन्तर्गत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट स्वतन्त्र उम्मेदवा समेत रहेका राजाबावु भन्ने ३५ बर्षे दिपेन्द्र चौधरीको अज्ञात समुहले हत्या गरको हो। लवनी– हथिहवा सडक खण्ड अन्र्गत मोतिभारीमा रहेको घर नजिकै उनको हत्या गरिएको प्रहरीले जनाएको छ। 

राती ९ः४० बजे चौधरी माथी गोली प्रहार भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार टाउकोमा ५ वटा गोली हानिएको छ। स्थानीय स्तरमा निकै लोकप्रिय मानिएका राजाबाबुको हत्या पश्चात लबनी क्षेत्रको स्थिती तनावग्रस्त बनेको छ। आक्रोशित भिडले हत्या आरोप लागेका बन्टी भनिने अजित पाण्डेको मोतिभारीस्थित घर, कम्पाइन मेशिन र लबनीस्थित प्रमिला पेट्रोल पम्पमा आगजनी र तोडफोड गरेका छन् । घटनाका आरोपी अजित तत्कालीन लवनी गाविसका पूर्व प्रधान हुन।  


यस्तो थियो घटनाक्रम 

राजाबाबु शुक्रबार उक्त घटना घट्नुपुर्व मोतिभारीस्थित घरमै थिए । राती ९ बजे सामान किन्न पसल गएका मृतक दिपेन्द्रका भाई जितेन्द्र चौधरीसँग स्थानीय अजित पाण्डे (बन्टी) को अभिराम मदिरा पसलमा विवाद भएको थियो। विवादपछि जितेन्द्रले दाजु राजाबाबुलाई फोन गरी बोलाएका थिए। बाटोमा निस्किएका दिपेन्द्र र अजितबीच पुनः बिबाद भयो। बिवादपश्चात अजितले दिपेन्द्रमाथी सिधै गोली प्रहार गरेका मृतक दिपेन्द्रका भाई जितेन्द्रले बताए।

‘मलाई बचाउन आएका दाईमाथि अन्धाधुन्द गोली चलाए पछि भागेर ज्यान जोगाएँ,’ उनले भने । उनका अनुसार मृतक दिपेन्द्र र अजीतबीच केही बेर घम्सासी समेत भएको थियो। सामान्य विवादमा पनि अजितले गोली प्रहार गरेपछि आपूm त्यहाबाट भागेको भाई जितेन्द्रले बताए।

यसबारे सयममै प्रहरीलाई जानकारी गराएको तर चासो नदिदा हत्यारा भाग्न सफल भएका उनले बताए। घटनामा तत्कालै दिपेन्द्रको मृत्यु भएको थियो । उनलाई उपचारकालागि भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो तर चिकित्सकहरुले उनलाई तत्कालै मृत घोषित गरेका थिए।  

तनावग्रस्त लवनी

उनको शवलाई बिहान १० बजे लबनी ल्याइएपछि उनका आफन्त तथा आक्रोसित स्थानीयले लवनीमा प्रहरी प्रशासन विरुद्ध चर्को नारा लगाउदै प्रर्दशन गरेका थिए। सिद्धार्थ राजमार्गको लबनी सडक खण्ड विहानै देखि बन्द छ । मृतक चौधरीको शव सडकमै राखेर उनका सर्मथकहरु आन्दोलित छन् । हत्यारा पक्राउ नपर्दा सम्म शव नउठाउने भन्दै स्थानीयले आन्दोलन चर्काएका छन् । प्रहरीले तोडफोड र आगजनी गर्ने समूहलाई नियन्त्रण गर्न ८ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको थियो । लबनी र मोतिभारी क्षेत्रको अवस्था अझै तनावपूर्ण छ।

लवनी र मोतिभारीमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रवक्ता डिएसपी रबी रावलले घटनास्थलबाट बरामद यूपी ५५ टी २३५ नम्बरको भारतीय मोटरसाइकल धनी दिलिप नाउँ र गोली प्रहार गर्ने बन्टीका दाजु बुल्टु भन्ने अमित पाण्डेलाई राती नै नियन्त्रणमा लिइएको बताए। प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले घटनास्थल प्रहरी नियन्त्रणमा भएको र आन्दोलनरत पक्षसँग बार्ता भइरहेको बताए। ‘घटना दुखद छ, २ जना पक्राउ गरेका छौ, संलग्न केहीको खोजी भइरहेको छ, सडक खुलाउन पहल हुदैछ,’ उनले भने।  

राजनीतिको साइनो

मृतक दिपेन्द्र स्थानीय निकायको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट गाउपालिकाको प्रमुखका उम्मेदवार बनेका थिए। कुल १३ सय ६८ मत पाएका उनी झिनो मतले पराजित भएका थिए।

यसैबीच आफ्ना युवा नेताको हत्या भएको भन्दै नेपाल कम्यूनिष्ट पार्टीले आपत्ती जनाएको छ । नेकपा सचिव विष्णु शाहले राजाबाबु चौधरीको मृत्युले पार्टीलाई अपूरणीय क्षती भएको भन्दै उनले हत्यामा संलग्नलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन। हेर्दा व्यक्तिगत देखिएपनि हत्या राजनितिक प्रतिशोधबाट गरिएको उनले दाबी गरे । उनले मृतक चौधरीलाई शहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ती र अपराधीलाई जुनसुकै स्थानबाट पक्राउ गर्न विज्ञप्तीमार्फत माग गरेका छन्। मृतकको श्रीमती तथा पाँच बर्षिया र ३ बर्षे छोरा छन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Arson
Weapons Fire
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media

0 Comments