Incident Reports

प्रहरीको कुटपिटबाट ६ जना व्यापारी घाइते

2018-11-23

Karnali, Surkhet, Birendranagar

स्थानीय तहले मेला महोत्सव सञ्चालनसम्बन्धी कार्यविधी निर्माण नगर्दासम्म जिल्लामा कुनै प्रकारको महोत्सव सञ्चालन गर्न नहुने भन्दै वीरेन्द्रनगरको खुलामञ्चमा यसअघि गरिएको तारबार भत्काउन मङ्सिर ९ गते पुगेका व्यापारीहरू प्रहरीको कुटपिटबाट घाइते भएका छन् ।

एक महिनाअघि नेपाल आदिवासी जनजाती महासङ्घले महोत्सव सञ्चालन गरेको तारबारलाई चेम्बर अफ कमर्श सुर्खेतले महोत्सव सञ्चालनका लागि यथावत राखेकोमा सो तारबार भत्काउन पुगेका व्यापारी वीरेन्द्रनगर नपा-६ का ३८ वर्षीय प्रेम पाण्डे, सोही ठाउँका ३३ वर्षीय राजेश खनाल, ३५ वर्षीय हरि श्रेष्ठ, ३१ वर्षीय अजय गुरुङ्ग, ३७ वर्षीय योगेन्द्र खत्री र ४० वर्षीया कृष्णा थापा प्रहरीको कुटपिटबाट घाइते भएका हुन् ।

वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालसमक्ष आफ्ना माग राख्दा खुलामञ्चमा गरिएको तारबार हटाउने सम्बन्धमा आफूले केही बोल्न नसक्ने जनाए लगत्तै आक्रोशित भएका व्यापारीले तारबार भत्काउन खोज्दा प्रहरीले जथाभावी कुटपिट गरेको व्यापारी प्रेम पाण्डेले बताए ।

घाइते सबैजनाको उपचार स्थानीय देउती र माया नर्सिङ्ग होममा गरिएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बसन्त क्षेत्रीले सामान्य धरपक्कड भएको बताए ।

दुर्गा थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments