Incident Reports

हातहतियार बरामद

2018-11-26

Bagmati, Makawanpur, Raksirang, Ward 4

राक्सीराङ गाउँपालिका-४ स्थित सानो टोडको भन्ने ठाउँमा लुकाई छिपाई राखेको भरुवा बन्दुक १ नाल, २० ग्राम वारुद र ५० ग्राम सिसा सोमबार दिउसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अबैध लागूऔषध गाँजा तथा अफिम फडानी गर्ने क्रममा उक्त ठाउँस्थित पानी खाने धाराको छेउमा वेवारीसे अवस्थामा उक्त हतियार फेला पारेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments