Incident Reports

त्रिचन्द्र कलेजमा तालाबन्दी

2018-11-27

Bagmati, Kathmandu, Kathmandu

शुल्क वृद्धि फिर्ता गर्न माग राख्दै आन्दोलनमा उत्रिएका त्रिचन्द्र कलेजका विद्यार्थीहरुले मंगलबार तालाबन्दी गरेका छन् ।

मंगलबाररसायानशास्त्रमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरुले क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने र रसायनशास्त्र विभागका संयोजक विसनदत्त भट्टको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

शुल्क वृद्धिको औचित्य पुष्टि नभएको र जथाभावी शिर्षकमा शुल्क बढाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको विद्यार्थी आनन्द कार्कीले बताए ।

शुल्क वृद्धि फिर्ता लिनका लागि क्याम्पस प्रमुख न्यौपानेलाई गत बिहीबार ज्ञापन पत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएको कार्कीले बताए ।

शुल्क वृद्धि फिर्ता नलिएसम्म ताला नखोल्ने विद्यार्थीहरुले जनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments