Incident Reports

हतियार सहित पक्राउ

2018-11-27

Madhes, Sarlahi, Ramnagar, Ward 4

रामनगर गाउँपालिका-४ मा बस्ने ४० वर्षीय लालबाबु रायलाई बाह्रबोरको एकनाले बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बहुअर्वा टोलस्थित सडकमा रोकी राखेको वयलगाडामा लुकाईछिपाई राखेको अवस्थामा उक्त बन्दुक सहित उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments