Incident Reports

निर्मला हत्या प्रकरण : सरकार भेटियो न्याय भेटिएन भन्दै प्रदर्शन

2018-12-01

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको लागि न्याय माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।

 ‘जस्टिस फर निर्मला’ अभियानको अगुवाइमा स्वतस्फूर्त प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागिहरुले 'सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोस्टर बोकेका थिए भने हत्यामा संलग्नलाई कारबाही गर्ने दवाव दिने खालका अन्य प्लेकार्ड पनि बोकेका थिए ।  

 प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्रीविरुद्ध चर्को नाराबानी गर्दै राजीनामासमेत माग गरेका थिए ।

राजधानीमा एसिया प्यासिफिक समिटको कारण देखाएर प्रहरीले प्रदर्शन रोक्न खोजेपनि सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गरेका हुन् ।  

ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हुने भन्दै निर्मलाका लागि न्याय माग्दै स्वतःस्फूर्त रूपमा आयोजित र्‍याली माइतीघरदेखि बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको छ। 

निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । तर सरकारले अझैं पनि दोषीलाई कठघरामा ल्याउन सकेको छैन । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rautahat

0 Comments