Incident Reports

निर्मलाको न्यायका लागि विप्लवको प्रदर्शन

2018-12-02

Nepal

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार देशैभरी प्रदर्शन गरेको छ।

निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै काठमाडौं, पोखरा, बुटवल, दाङ, कैलाली, कन्चनपुर, चितवन, सिन्धुली, झापा, विराटनगर, ताप्लेजुङ, पाँचथर, इलामलगायत देशैभरी प्रदर्शन गरिएको नेकपाले जनाएको छ। 

प्रदर्शनमा हजारौं मानिस सहभागी भएका छन् । काठमाडौंको शान्तिवाटिकाबाट शुरु भएको विरोध जुलुस घण्टाघर, सहिदगेट, सुन्धारा हुदै पुनः शान्तिवाटिकामा पुगी कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने वक्ताहरुले यथाशिघ्र निर्मला पन्तका हत्याराहरुलाई कारबाही गर्न माग गरे। 

यसैगरी निर्मलाको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शन गरिएको छ । जुलुसपछि आयोजित कोणसभालाई विद्यार्थी नेता वीरेन्द्र शाहले सम्बोधन गरेका थिए । उनले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर दबाबका कार्यक्रम अगाडि ल्याउने बताए । 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीलाई कानुनी कठघरामा ल्याउन सकेको छैन्। 

गत मंसिर ८ गते नेकपाले पार्टी पुर्नगठन दिवसको अवसर पारेर नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले निर्मला पन्तको हत्यारा माथि कारबाही गर्ने बताएका थिए । उनले अबको एक महिनामा हत्यारा पत्ता लगाउँन पहल भैरहेको बताएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments