Incident Reports

त्रिविमा नेविसंघको ताला

2018-12-02

Bagmati, Kathmandu, Kathmandu

सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयको कार्यकक्षमा नेपाल विद्यार्थी संघले १६ मंसीरमा ताला लगाएको हो ।

ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) मापदण्ड नपुर्‍याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाएको नेविसंघ त्रिवि एकाईले जनाएको छ ।

त्रिविले यो शैक्षिकसत्रमा ११६ क्याम्पसमा बिसिएको सम्बन्धन दिएको छ ।

नेविसंघले उक्त सम्बन्धन खारेजीको माग गरेको छ । खारेज नहुँदासम्म ताला नखोल्ने संघले जनाएको छ । रासस

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC , National/Online Media

0 Comments