Incident Reports

कक्षाकोठा नपाएको भन्दै आरआरका विद्यार्थीले गरे तालाबन्दी

2018-12-06

Bagmati, Kathmandu, Kathmandu

राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसको पत्रकारिता विभागमा बिहीबार विद्यार्थीले तालाबन्दी गरेका छन्।

स्नातकोत्तर दोस्रो सेमेस्टरका विद्यार्थीले आफूहरूलाई पढ्ने कक्षाकोठा नभएको भन्दै विभाग प्रमुख चिरञ्जिवी खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

पहिलो सेमेस्टरदेखि नै कक्षाकोठा परिवर्तन भइरहेको र अहिले कक्षाकोठाविहीन हुनु परेकाले तालाबन्दी गरेको विद्यार्थीहरूले बताएका छन्।

उनीहरूले उपयुक्त कक्षाकोठाको व्यवस्थापन नभएसम्म तालाबन्दी जारी राख्ने जनाएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments