Incident Reports

निर्मलालाई न्याय माग्दै राष्ट्रपति भवन अगाडि प्रर्दशन, १२ पक्राउ

2018-12-06

Bagmati, Kathmandu, Kathmandu

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका निम्ति अभियान चलाईरहेकाहरु राष्ट्रपछि भवन महाराजगंज अघिबाट पक्राउ परेका छन् ।

म निर्मला लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ । सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टरसहित माईतीघरमा प्रर्दशन गर्ने युवाहरुकै एक समुहले राष्ट्रपति कार्यलय अघि प्रर्दशन गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments