Incident Reports

भरूवा बन्दुक बरामद

2018-12-09

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal, Ward 7

पाँचपोखरी थाङपाल गाउँपालिका-७ गुरुङ गाउँबाट भरुवा बन्दुक २ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

सो ठाउँमा हतियार रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले नाम्लाङतर्फ जाने कच्ची सडक छेउको झाडीमा बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments