Incident Reports

जग्गाधनीले मुअाब्जा नपाएपछि सडक अवरुद्ध

2018-12-07

जुम्ला र डोल्पा जोड्ने सडक खण्डको दानसाँघुको जोवाँ नदि पुल नजिकैका जग्गाधनीले मुअाब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । झण्डै तीन वर्ष अघि पुल निर्माण गर्दा स्थानीय दुर्इ दर्जन भन्दा बढी व्यक्तिकाे जग्गा सडकमा परेको छ ।

निकै समयदेखि मुअाब्जाकाे निम्ती पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध गर्नु परेको स्थानीय बताउँछन । जिल्लाको विभिन्न निकायादेखि जिल्ला प्रशासन, नगरपालिका, जिल्ला समन्वय समिति सबै ठाउँ धाउँदा पनि जग्गाको क्षतिपूर्ति नपाएको उनीहरूकाे गुनासाे रहेकाे छ ।

जिल्ला स्तरका सरोकारालाहरु बीच पटक पटक छलफल भयो, नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिको प्राविधिक टोलीले क्षति मुल्याकंन गर्ने नाममा टिएडिएसमेत खाए तर हामीले मुअाब्जा पाएनौं स्थानीय बताउँछन् ।

मुअाब्जाका लागि भन्दै चन्दननाथ नगरपालिकाले ५३ लाख र गुठीचौर गाउँपालिकाले ४० लाख रकम व्यवस्थापन गर्ने भनिएपनि अहिलेसम्म कुनै व्यवस्थापन नभएको जग्गाधनी दिनेस सुनारले बताए । यही साता भित्र कुनै निर्णय नभए दानसाँघुकै तिला नदि पुल अन्तर्गतको सडक पनि बन्द गर्ने जग्गाधनीहरुले चेतवानी दिएका छन् ।

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार दानसाँघुको विवादित जग्गाको मुअाब्जा आफ्नो कार्यक्षेत्रभित्र नपार्ने भएकोले दिन नसकिएको हो । उक्त जग्गा चन्दननाथ नगरपालिका भित्र पर्ने भएकाले गुठीचौर गाउँपालिकाले मोअब्जा दिँदा ब्यरुजो रहने उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीका अनुसार सर्वदलिय, सर्वपक्षिय बैठक राखेर छलफल गरी विवाद सकाएर सडक सञ्चालनमा ल्याउन पहल भएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments